पञ्चपुरी नगरपालिकामा माओवादीले उम्मेदवारकाे टुंगाे लगायाे

सुर्खेत । पञ्चपुरी नगरपालिकामा नेकपा माओवादी केन्द्रले वडा अध्यक्षका लागि उम्मेदवारहरूको टुंगो लगाएको छ । गठबन्धनभित्र रहेको नेपाली काँग्रेसको कुनै भर नभएकाले उम्मेदवारको टुंगो लगाउने काम अगाडि बढाएको हो ।

सोमबार पञ्चपुरी नगर कमिटीले ११ वटै वडाका अध्यक्षका लागि उम्मेदवारको टुंगो लगाएको छ । माओवादीका प्रचार विभाग प्रमुख जगत ढकालका अनुसार नगरपालिका वडा नं. १ मा नरबहादुर बिक, २ मा लक्ष्मी विक, ३ मा डिल बहादुर तारामी ४ मा केशव शाही, ५ मा रेशम बरै, ६ मा नरबहादुर सिजापति, ७ मा प्रेम साँउद, ८ मा रणबहादुर महतारालाई उम्मेदवार बनाएको छ ।

यस्तै वडा नं. ९ मा ओमप्रकाश सुवेदी, १० मा रघु विक र ११ मा प्रेम विकलाई वडा अध्यक्षका लागि उम्मेदवार बनाइएको छ । यस्तै नगरपालिकाको मेयर र उपमेयरका लागि पनि छलफल जारी रहेको ढकालले जानकारी दिए ।