शान्नी त्रिवेणी गाउँपालिका उपाध्यक्षमा अधिकारी सिफारिस

कालीकोट । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षका ममता अधिकारी सिफारिस भएकी छन् ।

नेकपा माओवादी केन्द्रको गाउँपालिका कमिटीको बैठकले गाउँपालिका उपाध्यक्षमा अधिकारीलाई सिफारिस गरेकाे हाे ।

अधिकारी अखिल क्रान्तिकारी केन्द्रीय समिति सदस्य तथा अखिल क्रान्तिकारी मध्यपश्चिम विश्वविद्यालयको सह-संयोजक पनि हुन् ।

विद्यार्थी नेतृको रूपमा राजनीतिक गर्दै आएकि अधिकारी समाजसेवा गर्दै पनि आएकि छन् ।

अधिकारी कर्णालीमा महिला तथा विद्यार्थी युवा माझ लोकप्रिय छन् । अधिकारीसँगै सान्नी त्रिवेणी गाउँपालिका उपाध्यक्षका लागि अन्य तीन जना प्रदेश सिफारिस भएका छन् ।