कर्णालीमा यो वर्ष थप सात दिन सार्वजनिक बिदा हुने

सुर्खेत । कर्णालीमा यो वर्ष थप सात दिन सार्वजनिक बिदा हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रदेशभर लागू हुनेगरी सात दिन पर्व र दिवस बिदा दिने निर्णय गरेको हो ।
धान दिवसको बिदा १५ असारमा जुम्ला बाहेकका नौ जिल्लामा मात्रै लागु हुनेछ भने जुम्लामा १२ चैतमा बिदा हुनेको छ ।

साउने संक्रान्ति तथा देउडा पर्व १ साउनमा, नाग पञ्चमी १७ साउनमा, प्रदेश स्थापना तथा सहिद दिवस ४ भदौमा, कोजाग्रत पूर्णिमा २३ असोज, रामनवमी १६ चैतमा र चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेला असोज कृष्ण त्रयोदशी जुम्ला जिल्लामा मात्र बिदा दिने निर्णय गरिएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर बिदा सार्वजनिक गरेको हो ।