एसईई परिक्षामा ५ लाखभन्दा बढि विद्यार्थी सहभागी हुँदै

सुर्खेत । माध्यामिक शिक्षा परीक्षा (एसईई) शुक्रबार (आज) देखि सुरु हुँदैछ । बोर्डकाअनुसार यो वर्ष कुल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुनेछन् । परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ ।

देशभरका ११ हजार ६१५ र नेपालीले जापानमा सञ्चालन गरेको एभरेस्ट स्कुलबाट २० विद्यार्थी सहभागी हुँदैछन् । प्राविधिकतर्फ देशभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी एसईईमा सहभागी हुँदैछन् ।

यसअघि कोरोना जोखिमलाई मध्यनजर गर्दै आन्तरिक मूल्याकंनका आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको थियो ।