समाजसेवी सुनारले गरे जन्मदिनमा सहयोग

सुर्खेत । समाजसेवी, व्यावसायि तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तिर्थ सुनारले जन्मदिनमा फलफूल वितरण गरेका छन् । बादी सरोकार मंञ्च नेपालमा रहेका बालबालिकाहरुलाई जन्मदिनको अवसर पारेर फलफूल वितरण गरेका हुन् ।

सुनारले फजुल खर्च गर्नु भन्दा केहि रुपैयाँ बचाएर सानाे सहयोग गर्दा विभिन्न दुखमा परेका व्यक्तिहरुलाई सहयोग पुग्ने बताए । जन्मदिनमा मात्रै नभएर दुखमा परेका असाहय, गरिब, दुखिहरुकाे साहार बन्दै पनि आएका छन् सुनार`, ।

बादि समुदायका बालबालिकाहरुको भबिष्य उज्वल बनाउनका लागी अरुसँग सहयोग मागेर भएपनि उनिहरुको गाँस, बास, शिक्षा, स्वास्थ्य सबै ब्यबस्थापन गरिहेको बादी सरोकार मञ्च नेपालका अध्यक्ष हिक्मत बादीले बताए ।

बादि सरकार मंञ्च नेपालले हाल बादी समुदायका एक सय जना बालबालिकाहरुलाई संरक्षको भुमिका निर्बाह गरिरहेको छ ।