वीरेन्द्रनगरमा सात घण्टा विद्युत सेवा अवरुद्ध हुने

सुर्खेत । वीरेन्द्रनगरमा शनिबार आज विद्युत सेवा अवरुद्ध हुने भएको छ । बजार फिडर अन्तर्गत वीरेन्द्रनगर चोकदेखि गणेश चोकसम्मका आसपासका क्षेत्रमा सेवा अवरुद्ध हुने भएको हो ।

नेपाल विधुत प्राधिकरण सुर्खेतका अनुसार उक्त क्षेत्रका पुरानो संरचनामा रहेका तार तथा ट्रान्सफर्मरहरुको व्यवस्थापन गर्नु पर्ने भएकाले सात घण्टा सेवा अवरुद्ध हुने जनाइएको छ ।

करेखोलादेखि झुप्रासम्मको ११ के भि लाईनको मर्मत गर्ने कार्य रहेकोले उक्त क्षेत्रमा पनि शनिवार बिहान १० देखि साँझ ५ बजेसम्म सेवा अवरुद्ध हुने जनाएको छ ।