कर्णाली प्रदेशमा पाँच दलिय गठबन्धनको यसरी मिल्यो भागबण्डा

सुर्खेत । कर्णाली प्रदेशमा पाँच दलिय गठन्धनले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागी सुर्खेत र पश्चिम रुकुम बाहेक अन्य ८ जिल्लाका सबै स्थानीय तहहरु नगरपालिका र गाउँपालिकाको भागबण्डा टुङ्गो लगाएको छ ।

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको विषेश पहलमा बसेको गठबन्धन दलहरुको बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

उक्त बैठकमा पाँच दलिय गठबन्धनका प्रदेश स्तरिय नेता र कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही, नेकपा एकृत समाजबादीका नेता प्रकाश ज्वाला, र कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेपाली काँग्रेसका नेता जीवन बहादुर शाहीको विषेश उपस्थिति रहेको थियो ।

लामो समय देखि गठबन्धनको बैठक बसिरहेको भए पनि सुर्खेत र रुकुम पश्चिमका कारण गठबन्धनको भागबण्डामा बिवाद हुलै आएको थियो । आज मनोनयन दर्ता गर्ने अन्तिम दिन सम्म पनि विवाद कायमै रहदा कर्णालीमा गठबन्धनको बारेमा के हुने भन्ने बाहिर विभिन्न आसंका गरिरहेका बेला पूर्व मुख्यमन्त्री शाहीको पहलमा यस्तो निर्णय भएको नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् ।

भागबण्डाको क्रममा सुर्खेत र रुकुम पश्चिम बोहक अन्य ८ जिल्लामा नेकपा (माओवादी केन्द्र) ले २५ स्थानीय तहको प्रमुख लिने भएको छ भने नेपाली काँग्रेसले २४ वटा स्थानीय तहको प्रमुख लिने भएको छ । यसै गरी नेकपा समाजवादीले १४ स्थानीय तहको प्रमुख लिने सहमति भएको कर्णाली प्रदेशका प्रथम मुख्यन्त्री महेन्द्र बहादुर शाहीले जानकारी दिए ।

गठबन्धनको बैठकले सहमति हुन बाकि रहेका जिल्लामा उम्मेदवारी मनोनयन गर्ने अन्तिम समय सम्म र उम्मेदवारी फिर्ता लिने समय सम्म सहमतीको प्रयास गर्ने समेत निर्णय गरेको छ ।

पाँचदलिय गठबन्धनका साझा उम्मेदवारका विरुद्धमा जाने कुनै पनि उम्मेदवारलाई आआफ्नो पार्टीले अनुशासनको कार्वाही गर्ने र जसपा र राष्टिय जनमोर्चाले माग गरेका वडाहरुलाई सम्बिन्धत जिल्ला कापालिकाहरुले मतभारको अवस्था हेरि सम्बोधन गर्ने गरी सहमति भएको एक नेताले जानकारी दिए ।

वडा बाडफाडको सन्दर्भमा आआफ्नो जितेका वडा कायमगर्दै बाकी रहेका वडाहरुमा मतभारका आधारमा न्यायोचित रुपमा बाडफाड गर्ने गठबन्धनको सहमतिमा उल्लेख गरिएको छ ।

गठबन्धनको बैठकमा नेकपा (माओवादी केन्द्र) प्रदेश अध्यक्ष विमला के.सी. नपाली काँग्रेसका प्रदेश सभापती ललितजंग शाही नेकपा समाजबादीका अम्मर बहादुर थापा राष्टिय जनमोर्चा का अध्यक्ष पूर्ण बहादुर शाही, जनता समाजवादी पार्टीका देविकृष्ण न्यौपानेको उपस्थिति रहेको थियो ।