टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मध्यपुर ठिमी नगरपालिका–४, चारदोबाटोचोकमा बा४ ८५८१ नम्बरको टिपरले गए राति साढे १२ बजे वाग्मती प्रदेश ०२ ०२३ प ७७६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

हुनेमा स्कुटर चालक काभ्रेपलाञ्चोकका ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरी रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा राति सवा १ बजे मृत्यु भएको हो । घाइते भएका विमल श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ ।