वडा अध्यक्षमा शाहीको उम्मेदवारी

कालीकोट । खाडाचक्र नगरपालिका वडा नं १ को अध्यक्षमा युवा नेता बिनोदबहादुर शाहीले उम्मेदवारी दर्ता गरेका छन् । सोमवार निर्वाचन कार्यालय मान्ममा वडानं १ को अध्यक्षमा शाहीले उम्मेदवारी दर्ता गरेका हुन्।

नेता शाहीलाई एमालेबाट पार्टीले वडानं १ को अध्यक्षमा जिम्मेवारी दिएपछी उनले उम्मेदवारी दर्ता गरेका हुन् ।  वडामा रहेका  गरिब, निमुखा जनताको मुहार फेर्न, मान्म  बजार क्षेत्रको खानेपानि अभाव हटाउन, बादी समुदायको ब्यवास्थापन गर्ने पहिलाे एजेन्डा गरेकाे शाहीले बताए ।

आगामि बैशाख ३० गतेको निर्वाचनमा जनताको चाहान अनुसार समग्र वडाको बिकास गर्नेगरी उम्मेदवार दर्ता गरेको उनको भनाई  छ ।