समाजवादीले कर्णालीमा १४ वटा पालिका प्रमुख र उपप्रमुख पदमा प्रतिस्पर्धा गराउने

सुर्खेत । नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेशमा १४ वटा पालिका प्रमुख र १४ वटै पालिकामा उपप्रमुख पदमा प्रतिस्पर्धा गराउने भएको छ । गठबन्धनबाट भागवण्डा गर्दा १४/१४ वटा पालिका प्रमुख र उपप्रमुखमा प्रतिस्पर्धा गराएको छ । प्रदेशका १० जिल्लाका नगरपालिका र गाउँपालिकामा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवारहरुको मनोनयन दर्ता गराएका छन् ।

कर्णालीमा ७९ वटा पालिका छन् जसमध्ये २५ वटा नगरपालिका र ५४ वटा गाउँपालिका रहेका छन् । गठबन्धनको तालमेलमा समाजवादीलाई हुम्लामा तीन पािलका उपप्रमुख, जुम्लामा एक पालिका प्रमुख र एक पालिका उपप्रमुख, मुगुमा एक/एक पालिका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

त्यसैगरी कालिकोट र सल्यानमा दुई/दुई पालिका प्रमुख र उपप्रमुख प्राप्त गरेको छ । डोल्पामा चार पािलका प्रमुख र तीन वटा पािलकामा उपप्रमुखको उम्मेदवारी दिएका छन् । यस्तै जाजरकोटमा पालिकामा प्रमुख र दैलेखमा तीन पालिका प्रमुख र दुईवटामा उपप्रमुख तथा उपाध्यक्षको सिटमा उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् ।

डोल्पामा ठुलीभेरी नगरपालिकाको प्रमुख पदमा कर्ण बहादुर रोकाय, त्रिपुरा सुन्दरी नगरपालिकाको उपप्रमुख पदमा छक्क भरला, मुडकेचुला गाउँपालिका उपाध्यक्ष पदमा कृष्ण बोहोरा, जगदुल्ला गाउँपालिकाको उपाध्यक्षमा युवराज थकाली छनौंट गरिएको छ ।

दैलेख महावु गाउँपालिका अध्यक्ष पदमा जंग बहादुर शाही, चामुण्डाबिन्द्रासैनी नगरपालिका प्रमुखमा मनिसा कार्की, उपप्रमुख पदमा नमन शाही, नारायण नगरपालिका उपप्रमुख पदमा सावित्रि मल्ल, भैरवी गाउँपालिका उपाध्यक्षमा जगत आचार्य, डुङ्गेश्वर गाउँपालिका उपाध्यक्ष पदमा रविन्द्र डाँगीलाई आधिकारिकता दिएको छ ।

त्यसैगरी कालिकोट नरहरी गाउँपालिकाको अध्यक्ष पदमा धिर बहादुर विष्ट, शुभकालिका गाउँपालिका अध्यक्ष पदमा पुष्पराज आचार्य, राष्कोट नगरपालिकाको उपप्रमुखमा मनिराज बराल, सान्नीत्रिवेणी गाउँपालिकाको उपाध्यक्ष पदमा कृष्णकला पाण्डे (देवकोटा), जाजरकोट भेरी नगरपालिका प्रमुख पदमा कमान बहादुर खड्कालाई पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार बनाएको छ ।

यस्तै हुम्ला ताँजाकोट गाउँपालिकाको उपाध्यक्ष पदमा सम्पत्ती शाही, अदानचुली गाउँपालिका उपाध्यक्ष पदमा पवित्रा कुमारी देवकोटा, चंखेली गाउँपालिका उपाध्यक्ष पदमा प्रेमकला शाहीलाई आधिकारिक उम्मेदवार बनाएको छ ।

मुगु सोरु गाउँपालिकाको अध्यक्ष पदमा धर्म बहादुर शाही, मुगुम कार्मारुङको उपाध्यक्ष पदमा छुल्डिङ लामा, जुम्ला गुठीचौर गाउँपालिकाको उपाध्यक्ष पदमा शान्ति कुमारी मल्ल, हिमा गाउँपालिका अध्यक्ष पदमा भैबहादुर रोकायालाई उम्मेदवार बनाइएको छ ।

त्यसैगरी सल्यान कपुरकोट गाउँपालिका अध्यक्ष पदमा भद्रसिंह बुढा, सिद्धकुमाख गाउँपालिका अध्यक्ष पदमा चित्र बहादुर चलाउने, शारदा नगरपालिकाको उपप्रमुखमा रमेश गौतमलाई आधिकारिक उम्मेदवारी बनाइएको पार्टीले जानकारी दिएको छ ।