जुम्लाका क्यान्सर पीडित मक्करबहादुर कामीको उपचारमा आर्थिक संकट

काठमाडौं । क्यान्सर पीडित मक्करबहादुर कामीको उपचारमा आर्थिक संकट परेको छ । जुम्लाको चन्दननाथ नगरपालिका–४ सिंङगाचौरका २२ वर्षीय प्रकाश विश्वकर्मा काका मक्करबहादुर कामीको औषधि उपचार गर्न बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पुगेका छन् । ३५ वर्षीय प्रकाशका काका विगत पाँच महिनादेखि जिब्रोमा क्यान्सर रोगबाट पीडित भएपछि उपचार गर्न ऋण र मजदुरीबाट आएको रकम बोकेर उनी चितवनमा पुगेका हुन ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार हुन नसकेपछि चितवन पुगेका उनीहरू अहिले आर्थिक अभावमा परेपछि उपचार र खाना खानसमेत समस्यामा परेका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिफर गरेरपछि उनीहरू चितवन पुगेका हुन् ।

प्रकाशले यतिबेला आफूले लिएर आएको पैसा सकिएकाले काका मक्करबहादुरको उपचारमा आर्थिक संकट भएको बताए । उनले गाउँबाट ऋण सापट गरी ल्याएको रकम चितवन पुग्दा र औषधि खर्चमा दुई लाखभन्दा बढी रकम सकिएको भन्दै अहिले औषधि किन्नसमेत पैसा नभएको बताए । औषधि र खानेकुरा किनेर खान समेत समस्या भएको भन्दै उनले आर्थिक सहयोगका लागि आग्रह समेत गरेका छन् । प्रकाशले काका मक्करबहादुरको उपचारमा आर्थिक सहयोग गर्न चाहनेहरूले क्षेत्रबहादुर कामीको नाममा रहेको कुमारी बैंक लिमिटेडको खाता नम्बर ०८७०१३३०८६०००००१ मा पैसा जम्मा गरिदिनुहुन अनुरोध गरेका छन् ।