सुर्खेत । वीरेन्द्रनगरबाट अवैध चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार दिउँसो २ बजेको समयमा वीरेन्द्रनगर–१० बसपार्कबाट पक्राउ गरेको हो ।
उनीहरुलाई बसपार्क स्थित सुनिता होटेल एण्ड लजको दोस्रो तलाको ४ नम्बर कोठाबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जुम्लाको सिँजा गाउँपालिका–८ हाल सुर्खेतको वीरेन्द्रनगर–१२ का ४० वर्षीय दलबहादुर बुढा, वीरेन्द्रनगर १४ का ४१ वर्षीय भरतबहादुर बुढा र २३ वर्षीय अम्मरबहादुर थापा रहेका छन् ।
उनीहरुलाई शंकास्पद अवस्थामा बसेको फेला पारेको र शरीर तथा होटलको कोठाको खानतलासी गर्दा कोठाको टेबलमा रहेको जेब्रा झोला भित्र टाउको देखी पुच्छर सम्म ९ फिट लम्बाई भएको चितुवाको छाला भेटिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालयमा पठाउने तयारी भईरहेको प्रहरीको भनाई रहेको छ । अवैध चितुवाको छाला जुम्लाको सिँजा गाउँपालिकाबाट दलबहादुर बुढाले आज ९बुधबार० बिहान मात्रै वीरेन्द्रनगरमा ल्याएर आएका प्रहरीले जनाएको छ ।
ए.के. सञ्चार । १४ बैशाख २०७९, बुधबार २१:११