गायिका मिलन नेवारको ‘हास तिमी’मा सृजना र सन्तोषको अभिनय

काठमाडौं । गायिका मिलन नेवारको स्वर रहेको ‘हास तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार गीता गिरीको शब्द सृजना रहेको गीतमा विक्रम थापाको संगीत छ भने विसन मानन्धरको संगीत छ ।

गीतको भिडियोमा सृजना निङ्लेखु र सन्तोष राईको अभिनय देख्न सकिन्छ । मोडल सन्तोष हेयर स्टाइलिस्टसमेत हुन् । बेलायतमा छायांकन गरिएको भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका हुन् । भिडियोमा निर्देशक कुशलकै सम्पादन र छायांकन छ । निर्देशक कुशलले अन्य थुप्रै समुदायका भिडियो एवं चलचित्रसमेत छायांकन र सम्पादन गरेका छन् ।