कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दोहोरो झडप,६ जना घाइते

काठमाडौं ।नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा दोहोरो झडप भएको छ । झडपमा परी दुवैतर्फका गरी ६ जना घाइते भएको बताइएको छ । गएराति हुप्सेकोटमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको र प्रहरीले राति नै तितरबितर पारेर घटना साम्य पारेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

नेपाली कांग्रेस नवलपुरका उपसभापति बालकृष्ण घिमिरेले हुप्सेकोट गाउँपालिका अध्यक्षका उमेदवार लक्ष्मी पाण्डे चढेको भाडाको गाडी ग ३ च १६०६ नम्बरको स्कार्पियो र लक्ष्मी पाण्डेमाथि सांघातिक हमला भएको थियो ।

यता नेकपा एमाले हुप्सेकोट गाउँपालिका उमेदवार चेतन रानाले भने लक्ष्मी पाण्डेमाथि कुनै आक्रमण नभएको र उनले निर्वाचन विथोल्नका लागि झुटो प्रचार गरेको बताए । रानाका अनुसार चुनावी प्रचारबाट एक्लै घर फर्कदै गरेका मनोज गुरुङलाई लक्ष्मी पाण्डेसहित रहेको टोलीले आक्रमण गरेर घाइते बनाएपछि राति दोहोरो झडप भएको हो । घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।