स्वतन्त्रबाट चामुण्डा बिन्द्रासैनी–६ को वडाअध्यक्षमा उम्मेदवारी दिए बोहोराले

सुर्खेत । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ को वडा अध्यक्षमा स्वतन्त्रबाट युवा नेता बिनोद बहादुर बोहोराले स्वतन्त्र उम्मेदवारी दिएका छन् । बोहोराले मंगलबार निर्वाचन कार्यालयमा वडा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी मनोनयन गराएका हुन् ।

लामो समय देखि व्यवसाय सँग सँगै राजनीतिमा सक्रिय बोहोराले वडाको विकास निर्माणका लागि स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएको बताएका छन् ।

नेकपा एमालेमा आवद्ध बोहोराले एमाले भित्र टिकट वितरणमा जनइच्छा विपरित व्यक्तिगत स्वार्थ, पार्टीको सिद्धान्तलाई किचेर अघि बढ्न खोजेको विरोध गर्दै उम्मेदवारी दिएको बताए । वडा भित्र सडक निर्माण, बस्ती व्यवस्थापन, विद्युत, शिक्षा, स्वास्थ्यको पहुँच बिस्तारका लागि ठोष मुद्दा सहित चुनावमा होमिएको बताएका छन् ।

यस्ता छन्, एजेण्डा

  • चामुण्डा बिन्द्रासैनी–६ मा बाल शिक्षा सञ्चालन गर्ने ।
  • वडा अध्यक्षमा निर्वाचित भएपछि एम्बुलेन्स सञ्चालनमा ल्याएर स्थानीयलाई सेवामा ५० प्रतिशत छुट दिने ।
  • चामुण्डा बिन्द्रासैनी–६ को सडक, खानेपानी, लिफ्ट सिँचाईको व्यवस्थापन गर्ने ।
  • बिन्द्रासैनीमा स्वास्थ्य, शिक्षा, खानेपानि, विद्युत, रोजगारलाई बिशेष पहिलो प्राथामिकता दिने ।