हुम्लाको सिमकोटमा म्यादी प्रहरीको मृत्यु

हुम्ला। हुम्लाको सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।सिमकोट माथिल्लो बजार साथीको कोठामा एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

मृत्यु भएका म्यादी प्रहरी जिल्लाको सर्केगाड गाउँपालिका–६ घर भई हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक ओझाले बताए ।साथीको कोठामा झ्याल ढोका बन्द गरेर भुईँमा मृत्यु भएको अवस्थामा उनको शव भेटिएको उनले बताए । प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।