वीरेन्द्रनगरका सडकमा ढकमक फुलेका गुलमोहर (फोटो फिचर)

सुर्खेत। वीरेन्द्रनगरका सडकहरुमा ढकमक गुलमोहर फूलेको देख्न सकिन्छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका सडकमा फुलेका यी फूलले सुर्खेतलाई स्वर्गझैं सिँगारेको छ । यस फूललाई फ्रान्समा ‘स्वर्गको फूल’ भनेर उपमा दिइन्छ ।

वीरेन्द्रनगरका कुइनेपानी, घण्टाघर, ईत्राम लगायत विभिन्न ठाउँमा फुलेका गुलमोहरमा फोटो र टिकटक भिडियो बनाउनेहरु उतिकै देख्न सकिन्छ ।