जाजरकोटमा काँग्रेस–माओवादीबीच नयाँ तालमेल

सुर्खेत।  स्थानीय तह निर्वाचन आउन ११ दिन मात्र बाँकी छ । यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जाजरकोटमा काँग्रेस–माओवादीबीच नयाँ तालमेल भएको छ । जाजरकोटमा सुरुमा गठबन्धनको निर्णय अनुसार जाने सहमति भएपनि उम्मेदवारी फिर्ता लिने दिनसम्म आइपुग्दा गठबन्धन भाँडिने खतरा देखिएको थियो ।

गठबन्धन दलभित्रका नेपाली काँग्रेस र माओवादी केन्द्रले गठबन्धनको निर्णय विरुद्ध उम्मेदवारी दिएकाहरूलाई धमाधम उम्मेदवारी रद्द गराउँदै नयाँ शिराबाट तालमेललाई अघि बढाएका छन् । आइतबार जाजरकोटका तीन पालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच नयाँ तरिकाबाट चुनावी तालमेल गर्ने सहमति भएको छ । दुई पार्टीबीच भेरी, नलगाड नगरपालिका र शिवालय गाउँपालिकामा चुनावी तालमेल गरेर जाने सहमति भएको हो काँग्रेस जिल्ला सभापति वेदराज सिंहले बताए ।