काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले सर्वसत्तावाद प्रवृत्तिविरुद्ध गठबन्धन गरिएको बताएकी छिन् । केपी ओलीबाट संविधानमाथि प्रहार भएपछि सर्वसत्तावाद प्रवृत्तिविरुद्ध र संविधानको रक्षाका लागि स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरूबीच गठबन्धन भएको उनको भनाइ छ ।
मंगलबार हेटौंडा उपमहानगरपालिका–२ र मकवानपुरगढी गाउँपालिका–३ मा आयोजित सभालाई सम्बोधन गर्दै डीनाले नेकपा एमालेबाट अबको विकास र परिवर्तन सम्भव नभएको बताइन् । यसैगरी कांग्रेस नेता आनन्दराम पराजुलीले स्थानीय तहलाई थप अधिकारसम्पन्न बनाउन र विकासका लागि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताए ।
ए.के. सञ्चार । २७ बैशाख २०७९, मंगलवार १५:३६