मतदातालाई पैसा बाँड्दै गर्दा सुर्खेतमा एमालेका वडाध्यक्ष उम्मेदवार पक्राउ

सुर्खेत। स्थानीय तहको निर्वाचन भोलि शुक्रबार हुँदैछ । मौन अवधिमा मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा बुधबार राति एमालेका वडा अध्यक्ष पदका उम्मेदवार पक्राउ परेका छन् । गुर्भाकोट नगरपालिका–११ का वडाध्यक्षका उम्मेदवार राजन विसीलाई मतदातालाई पैसा बाँडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिसीले मतदातालाई सोही वडाको एक बस्तीमा पैसा बाँडेको सूचना आएपछि प्रहरीले राति नै छापा हानेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीले खानतलासी गर्दा बिसी पुगेको घरमा एक लाख १ हजार रुपैयाँसहितको झोला फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकाी दिएको छ ।