दैलेखको ठाटीकाँध–६ को मतदान रोकियो, भीडलाई नियन्त्रणमा लिन हवाई फायर

दैलेख । दैलेखको ठाँटकाँध गाउँपालिका–६ को मालिका माविमा रहेको पाचला मतदान केन्द्रमा एक घन्टादेखि मतदान रोकिएको छ ।

मतदानस्थल बाहिर एमाले र नेकमिपामा कार्यकताहरुबीच बाझाबाझ भएपछि मतदान रोकिएको हो । भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको छ ।

सर्वदलीय बैठक बसेर थप निर्णय गरिने दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । त्यहाँ अहिले प्रहरी परिचालन गरी सुरक्षा संयन्त्र बढाइएको छ ।