कोहलपुरमा माओवादी र एमाले कार्यकर्ताबीच खुकुरी हानाहान

बाँके । बाँकेको कोहलपुरस्थित एक मतदान केन्द्रमा दुई पक्षबीच झडप हुँदा खुकुरी प्रहार भएको छ । कोहलपुर नगरपालिकाको कौशिल्यानगरमा माओवादी र एमाले कार्यकर्ताबीच झडप भएको हो ।

खुकुरी प्रहार हुँदा दुवै पक्षका एक एक जना घाइते भएका छन् । गएराति खुकुरी प्रहारबाट पार्टी निकट योङ कम्युनिस्ट लिग (वाईसीएल का नेता राजु शाही र एमालेका विजय थापा घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले बताए ।

अहिले दुवै घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।