हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–२, महादेव मावि मतदान केन्द्रमा झडप हुँदा घाइते भएका निर्वाचन अधिकृतलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।
कर्णाली प्रदेशका प्रहरी प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार घाइते भएका निर्वाचन अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी कावा रोकायलाई हेलिकप्टरबाट उद्धार गरिएको हो ।

मतदानस्थलमा झडप भएपछि ८ राउण्ड हवाई फायर गरिएको थियो । अहिलेसम्म मतदान शुरू भएको छैन ।

प्रकाशित मिति : २०७९ वैशाख ३० गते शुक्रबार








