वीरेन्द्रनगरमा काँग्रेसको अग्रता

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा नेपाली काँग्रेसको अग्रता देखिएको छ । वीरेन्द्रनगर नगरपालिका १२ सय ५९ मत गणना हुँदा काँग्रेसबाट मेयरका उम्मेवार उपेन्द्र खड्काले ५ सय ६५ मत ल्याएका छन् ।

यस्तै नेकपा एमालेबाट मेयरका उम्मेदवार मोहन माया ढकालले ५ सय ४३ मत ल्याएकी छन् । राप्रपाबाट मेयरका उम्मेदवार मुकुन्दश्यम गिरीले १ सय ५१ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा एमालेका निलकण्ठ खनालले ५ सय ९७ मत ल्याएर अग्रह स्थानमा छन् भने काँग्रेस माओवादी गठबन्धनकी शान्ती ढकालले ४७० मत प्राप्त गरेकी छन् । राप्रपाकी लक्ष्मीकुमारी सार्कीले ६ मत प्राप्त गरेकी छन् ।