वीरेन्द्रनगरमा काँग्रेसकाे अग्रता कायमै

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार उपेन्द्र बहादुर खड्काले अग्रता कायमै राखेका छन् । करिब २१ सय ९० मतगणनामा खड्काले ९ सय ६४ मतसहित अग्रता लिएका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार माेहनमाया ढकालले ८ सय ९४ मत पाएकि छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मुकुन्द श्याम गिरीले ३ सय ९ मत ल्याएका छन् ।

यस्तै समाजवादी पार्टीका उम्मेदवार गगन बहादुर सारुले १४ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुख पदमा १९ सय ५८ मत गणना भैरहदा नेकपा एमालेका उम्मेदवार निलकण्ठ खनालले १ हजार १५ मत ल्याएका छन् भने (माओवादी केन्द्र) का उम्मेदवार शान्ति ढकालले ८ सय २८ मत ल्याएकि छन् ।

यस्तै स्वतन्त्र पदका उम्मेदवार अनिल ढकालले ३९ मत प्राप्त गरेको छन् भने (एकिकृत समाजबादी) पदका उम्मेदवार १० मत ल्याएका छन् ।