दुल्लू १३ मा एमालेका शाही विजयी

सुर्खेत । दुल्लू नगरपालिका वडा नं. १३ मा एमालेका विर्षबहादुर शाहीको प्यानल नै विजयी भएको छ । शाहीले अध्यक्ष कुल ८२२ मत प्राप्त गरी गठवन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का डम्बरबहादुर शाहीलाई हराएका हुन् ।

कांग्रेस-माओवादीबाट उम्मेदवार बनेका शाहीले ७७३ मत प्राप्त गरे । यस्तै नगरमा पनि एमालेको अग्रता कायमै छ । एमालेबाट नगर प्रमुखका उम्मेदवार बनेका रुद्रबहादुर शाहीले ९१६ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने, नेपाली कांग्रेसका भरतप्रसाद रिजालले ६३३ मत प्राप्त गरी शाहीलाई पछ्याइ रहेका छन् ।