वीरेन्द्रनगरमा एमालेको अग्रता

सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी स्थानीय तह निर्वाचनको पछिल्लो मतगणना अनुसार नेकपा एमालेले अग्रता कायम गरेको छ ।

वडा नं. १, २ र १६ नं. वडामा मतगणना हुँदा एमालेलेबाट मेयर पदकी उम्मेदवार बनेकी मोहनमाया ढकालले २३११ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्रबहादुर खड्कालाई २२९३ मतले पछाडि पारेकी छन् । अहिले वडा नं. १ र २ को मतगणना जारी छ भने, १६ नं. वडामा मतगणना सकिसकेको छ ।