सुर्खेतको सिम्तामा पुनः मतदान सुरु

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा सोमबार बिहानैदेखि पुनः मतदान सुरु भएको छ ।

यसअघि सिम्ता गाउँपालिका–१ खनेटास्थित भगवती माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित मतपत्रमा मतदान अधिकृतको हस्ताक्ष नभएको भन्दै मतदान स्थगित भएको थियो ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बिहान ७ बजेदेखि मतदान सुरु भएको बताए ।