कालीकोटको तिलागुफामा प्रमुखमा काँग्रेसका उपाध्याय र उप्रमुखमा शाही विजयी

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका शंकरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।

प्रमुखमा उपाध्याय २ हजार ९१६ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा शाहीले २ हजार ७५९ मत पाएको पाएका छन् । नगरपालिकामा जम्मा मतदाता संख्या ९ हजार ६२० रहेका छन् ।