कर्णालीका २२ पालिकाको मत परिणाम सार्वजनिक कहाँ कसले जिते ?

सुर्खेत । कर्णालीका २२ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । सो मत परिणाम अनुसार कांग्रेस सबैभन्दा आगाडी रहेको हो ।

निर्वाचन आयोग नेपालका अनुसार २२ पालिकाको मत परिणाम सार्वजनिक हुँदा सम्म नेपाली कांग्रेसले ९ पालिकाको प्रमुख र अध्यक्षमा जित हासिल गरेको छ ।

यस्तै, माओवादीले ७ वटा पालिकामा जित हासिल गरेको छ भने, एमालेले तीन वटा पालिका मात्रै जितेको छ ।

त्यस्तै, २ वटा पालिकामा नेकपा एकीकृत समाजवादी पार्टी र एक पालिकामा स्वतन्त्रले जित हात परेको छ ।

हुम्ला

ताँजाकोट गाउँपालिका
अध्यक्ष: लालकेश जैशी १८१० नेकपा माओवादी केन्द्र
उपाध्यक्ष: सरेन्द्रबहादुर थापा १३९१ नेपाली काँग्रस

नाम्खा गाउँपालिका
अध्यक्ष: प्रेमबहादुर लामा १४६६ नेकपा माओवादी केन्द्र
उपाध्यक्ष: तकदीर लामा १०५४ नेपाली काँग्रेस

खार्पुनाथ गाउँपालिका
अध्यक्ष: कर्णबहादुर रावल १८१० नेपाली काँग्रेस
उपाध्यक्ष: ज्ञानबहादुर सिंह १८७१ नेकपा माओवादी केन्द्र

डोल्पा

ठूलोभेरी नगरपालिका
प्रमुख: स्वबर्णबहादुर बुढा १२८६ नेपाली काँग्रेस
उपप्रमुख: छिरिङ टोल्मा महत ८४८ नेपाली काँग्रेस

शे–फोक्सुण्डो गाउँपालिका
अध्यक्ष: धावा सम्डुक लामा निर्विरोध नेकपा एमाले
उपाध्यक्ष: पेम्मा वाङछेन गुरुङ ११०३ स्वतन्त्र

जगदुल्ला गाउँपालिका
अध्यक्ष: नारासिं रोकाय ७७० नेकपा माओवादी केन्द्र
उपाध्यक्ष: अमरिता बोहोरा ७५९ नेकपा माओवादी केन्द्र

मुड्केचुला गाउँपालिका
अध्यक्ष: दत्तबहादुर शाही १४०४ नेकपा माओवादी केन्द्र
उपाध्यक्ष: दुधा रोकाय १४५८ नेकपा माओवादी केन्द्र

छार्काताङसोङ गाउँपालिका
अध्यक्ष: सेनाङ गुरुङ निर्विरोध नेकपा एकीकृत समाजवादी
उपाध्यक्ष: कर्मढुण्डुप लामा निर्विरोध नेकपा एमाले

काइके गाउँपालिका
अध्यक्ष: अंगदकुमार राना निर्विरोध नेकपा एकीकृत समाजवादी
उपाध्यक्ष: निमा बुढा निर्विरोध नेपाली काँग्रेस

जुम्ला

हिमा गाउँपालिका
अध्यक्ष: लक्ष्मणबहादुर शाही १८७२ नेपाली काँग्रेस
उपाध्यक्ष: सुर्पना शाही १५१८ नेपाली काँग्रेस

कालिकोट

खाडाचक्र गाउँपालिका
प्रमुख: कलमबहादुर शाही २९१९ स्वतन्त्र
उपप्रमुख: गणेशबहादुर शाही २९२६ नेकपा माओवादी केन्द्र

तिलागुफा नगरपालिका
प्रमुख: शंकरप्रसाद अपाध्याय २९१६ नेपाली काँग्रेस
उपप्रमुख: महेन्द्रबहादुर शाही २७६९ नेकपा एमाले

रुकुपश्चिम

सानीभेरी गाउँपालिका
अध्यक्ष:  विर्खबहादुर विष्ट ६०१९ नेकपा माओवादी केन्द्र
उपाध्यक्षस् कमला रोका पुन ५९५८ नेकपा माओवादी केन्द्र

सल्यान

कुमाख गाउँपालिका
अध्यक्ष: मानबहादुर बुढाथोकी ४०५८ नेपाली काँग्रेस
उपाध्यक्ष: लालबहादुर रावत ४१४३ नेकपा एमाले

त्रिवेणी गाउँपालिका
अध्यक्ष: खेमबहादुर रावत ३३६९ नेपाली काँग्रेस
उपाध्यक्ष: सीता खड्का पुन ३१८६ नेपाली काँग्रेस

दैलेख

गुराँस गाउँपलिका
अध्यक्ष: टोपबहादुर विसी ४६८१ नेकपा एमाले
उपाध्यक्ष: शिवाकुमारी खड्का ४६९८ नेकपा एमाले

भगवतीमाई गाउँपालिका
अध्यक्ष: गणेशबहादुर थापा २८४६ नेकपा माओवादी केन्द्र
उपाध्यक्ष: मिनाकुमारी खड्का २६८३ नेपाली काँग्रेस

नौमुले गाउँपालिका
अध्यक्ष:  छविराम सुवेदी ३२०० नेकपा माओवादी केन्द्र
उपाध्यक्ष: गंगबहादुर शाही २८३४ नेकपा एकृकीत समाजवादी

महावु गाउँपालिका
अध्यक्ष: लक्ष्मण गुरुङ २९७९ नेपाली काँग्रेस
उपाध्यक्ष: मञ्जुकुमारी शर्मा ३१५५ नेपाली काँग्रेस

भैरवी गाउँपालिका
अध्यक्ष: रिताकुमारी शाही ३९७६ नेपाली काँग्रेस
उपाध्यक्ष: देवी भण्डारी ३३७४ नेपाली काँग्रेस

डुंगेश्वर गाउँपालिका
अध्यक्ष: सुन्दरकुमार केसी ३४०६ नेकपा एमाले
उपाध्यक्ष: कलावती न्यौपाने ३५७७ नेकपा एमाले

मुगु

मुगुकार्मारोङ गाउँपालिका
अध्यक्ष: छिरीङ क्यान्पे लामा २५७१ नेपाली काँग्रेस
उपाध्यक्ष: छिरीङ पुटी लामा १५१६ नेकपा एमाले