रुकुम पश्चिमको त्रिबेणी गाउँपालिकामा माओवादी विजयी

रुकुम । रुकुम पश्चिमको त्रिबेणी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेशकुमार केसीले विजयी भएका छन् । उनले ५ हजार १ सय २९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अमरसिंह खड्काले ४ हजार २ सय ९३ मत प्राप्त गरेको छन् ।

यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै उम्मेदवार राजकुमारी रेउलेले ५ हजार १ सय ४३ मत प्राप्त गरेर विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी काँग्रेसकी सृष्टि बाँठामगरले ४ हजार ३ सय १३ मत प्राप्त गरेकी छन् । १० वडा रहेको त्रिबेणी गाउँपालिकामा हालसम्म ५ वटा वडामा माओवादी, ४ वटा वडामा काग्रेस र १ वटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।