वीरेन्द्रनगर नगरपालिकामा प्रमुखमा ढकाल र उपप्रमुखमा खनाल विजयी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नेकपा (एमाले) पार्टीका प्रमुख पदका उम्मेदवार मोहनमाया ढकाल विजयी भएकी छन् ।

उनले १६ हजार ३८ मत प्राप्त गरेकी हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन दल नेपाली काँग्रेस र माओवादीका साझा उम्मेदवार काँग्रेसका उपेन्द्रबहादुर खड्काले १५ हजार ४ सय ८४ मत ल्याएर पराजित भएका हुन् । ढकाल निवर्तमान उपप्रमुखसमेत हुन् ।

 

यस्तै उप-प्रमुखमा नेकपा एमालेका उम्मेदवार निलकण्ठ खनाल विजयी भएका छन् । उनले २० हजार ३ सय ८४ मत ल्याएका ल्याएर विजयी हुँदा गठवन्धनबाट माओवादीकी उम्मेदवार शान्ति ढकालले ११ हजार ५ सय ३३ मत ल्याएकी छन् । खनाल यसअघिका वीरेन्द्रनगर वडा नं. ४ का निर्वाचित वडाध्यक्षसमेत हुन् ।

भिडियाे