दुर्घटनाग्रस्त क्षेत्रमा पुगे प्रहरी निरीक्षक मङ्‍गल श्रेष्ठसहित पथप्रदर्शक

काठमाडौं । सैनिक प्रवक्ता नारायणप्रसाद सिलवालले तारा एयरको विमान दुर्घटनाग्रस्त भएको क्षेत्रमा प्रहरी निरीक्षक मङ्‍गल श्रेष्ठसहित पथ प्रदर्शक पुगिसकेको बताएका छन् ।

विभिन‍न निकायका उद्धार समूहका सदस्यहरू पनि दुर्घटनाग्रस्त क्षेत्रम पुग्ने प्रयास गरिरहेका उनले बताए ।  दुर्घटनाग्रस्त क्षेत्रमा पुग्‍न अनेक सम्भावनाका उपाय सोचिएको पनि उनको भनाइ छ । विमान दुर्घटनाग्रस्त क्षेत्र मुस्ताङको थासाङ– २ को कोबाङ भिर हो ।