दैलेखको जिसस प्रमुखमा काँग्रेसका उम्मेदवारविरुद्ध बागी

दैलेख । दैलेख जिल्ला समन्वय समिति प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ । बागी उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

जसका कारण आज जेठ २६ गते हुने भनिएको मतदानसमेत अन्योलमा परेको छ । काँग्रेसको आधिकारिक उम्मेदवार दुर्गाकुमारी श्रेष्ठ हुन् भने बागी उम्मेवदार नमराज शाही हुन् । श्रेष्ठले शाहीको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएकी छिन् ।

जिससको निर्वाचन निर्देशिका २०७४ को दफा १८ मा कुनै एक दलबाट निर्वाचित व्यक्ति अर्को दलबाट जिसस प्रमुख, उपप्रमुख वा सदस्य पदमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था छ ।