घरेलु हिंसा विरुद्ध अभियानमा पातारासी गाउँपालिका

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका घरेलु हिंसा विरोधी अभियानमा जुटेको छ । अपाङगता भएका व्यक्ति र महिलामाथि हुने सबै प्रकारका हिंसा रोक्न लागिपरेको हो ।

पालिका स्तरमा अभिभुखीकरण गर्ने र सचेतीकरणका माध्यमबाट सचेतना फैलाएर हिंसा न्युनिकरणमा जुटेको हो । नेपाल अपाङ्ग महिला सघं जुम्लाको आयोजना तथा पातारासी गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको साझेदारीमा हिंसा विरोधी क्रियाकलाप भइरहेको महिला बालबालिका शाखा प्रमुख भगवती गिरीले जानकारी दिइन् ।

पालिकामा बन्ने भौतिक सरंचना सबै अपाङ्गता मैत्री बनाइनुपर्ने,वडास्तर देखि पालिका सम्म अपांगता भएका व्याक्तीहरु सिपमुलक र आयआर्जनका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिइएको छ । पातारासी गाउँपालिका अध्यक्ष पुनसिंह बोहोराले सबै किसिमका महिला माथि हुने हिंसा अन्त्य गर्न महिलालाई सचेत बनाउनु आवश्यक रहेको बताए ।

गाउँपालिकाले अपांङगता भएका महिला हिंसा अन्त्य र महिला अधिकारका पक्षमा काम गर्न महिलाहरूको सशक्तिकरणका लागि आवश्यक बजेट विनियोजन गरिने बताए ।