एसओएस सुर्खेतले गर्याे शैक्षिक सामाग्री सहयोग

सुर्खेत । एसओएस बालग्रामका संस्थापक पिता प्रो डा. हर्मन माइनरको १०३ आंै जन्मजयन्ती तथा एसओएस बालग्राम नेपालको ५० औ स्थापना दिवसको अवसरमा आइतबार एसओएस बालग्राम सुर्खेत अन्तर्गत परिवार सवलीकरण कार्यक्रमले शैक्षिक सामाग्री सहयोग गरेको छ ।

उक्त परियोजनाले विरेन्द्रनगर नगरपालिका वडा नं १ मा अवस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत ११० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग उपलब्ध गराएको हो । शैक्षिक सामाग्रीमा प्रत्येक बालबालिकालाई झोला, कापी, पेन्सिल, विद्यालय पोषाक, रुमाल र दिवा खाजा बोक्ने टिफिन बक्स समावेश गरिएको थियो । यसका साथै प्रारम्भिक बाल विकास कक्षाको लागि आवश्यक शैक्षिक सामाग्री सहितको बाकस पनि हस्तान्तरण गरिएको थियो ।

सहयोग कार्यक्रममा विरन्द्रनगर नगरपालिका वडा नं १ र १४ का वडा अध्यक्ष क्रमशः दिनेश खत्री र देव बहादुर रोकाया, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम वि.क, एसओएस बालगा्रम सुर्खेतका निर्देशक, गोपाल प्रसाद घिमिरे, सहायक निर्देशक श्याम क्षेत्री, हर्मन माइनर विद्यालय सुर्खेतका निमित्त प्राचार्य हरिहर बस्नेत लगायत शिक्षक अभिभावक संघका अध्यक्ष र अभिभावकहरुको उपस्थिति रहेको थियो ।