
सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा विश्व योग दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘मानवताका लागि योग’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।
८ औं अन्तराष्ट्रिय योग दिवसको अवसरमा मंगलबार स्वास्थ सेवा निर्देशनालय कर्णाली प्रदेश, सुर्खेत र प्रदेश आयुर्वेद औषधालयले दिवसको अवसरमा प्रभातफेरी गरेको हो ।
‘गरौं योग, बनौं निरोग’, ‘कपालभाती, जीवन साथी’ नाराका साथ वीरेन्द्रचोकबाट शुरु भएर मंगलगढी हुँदै पिपलचौतारा पुगेर कोणसभा गरेको छ ।यस्तै, कार्यक्रममा कर्णाली प्रदेशका समाजिक विकासमन्त्री यज्ञबहादुर बुढा (क्षेत्री), सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, सल्यानका प्रमुख जिल्ला अधिकारी बिपीन आचार्य, प्रदेश आयुर्वेद औषधालय प्रमुख डाक्टर शंकर रिजाल र बिभिन्न धार्मिक संस्थाहरुको लगायत सुरक्षाकर्मीहरुको सहभागीता रहेको थियो ।