आगामी तीन दिन देशका धेरै नदीमा बहाव बढ्ने, सतर्क रहन विभागको आग्रह

सुर्खेत ।केही दिन देखि देशका बिभिन्न स्थानमा परेको निरन्तर बर्षाका कारण आगामी तीन दिन देशका धेरै नदीमा बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नारायणी र यसका साना सहायक नदीहरुमा जल सतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्नसक्ने विभागको भनाइ छ ।

कोशी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पश्‍चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव बढ्ने तर सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान रहेको विभागले जनाएको छ ।