आज गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

सुर्खेत। आइतबार बिहान प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा वर्षा भइरहेको छ।दिउँसो पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।राति प्रदेश १, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।

 

City commuters are seen through heavy rain, in Sydney, Tuesday, June 19, 2018. The Bureau of Meteorology have issued a severe weather warning for parts of the Hunter, Central Coast and Sydney, which in turn brought about a hazardous surf warning for the area as well. (AAP Image/Chris Pavlich) NO ARCHIVING

सोमबार गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।हाल प्रदेश १, मधेश, बागमती, गण्डकी,लुम्बिनी र कर्णालीमा मनसुनी वायुको प्रभाव रहेको छ भने सुदूरपश्चिममा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।