यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

सुर्खेत । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।आज एक अमेरिकी डलरको खरिददर १२५.०५ पैसा र विक्रीदर १२१५.६५ पैसा छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।

यस्तै, राष्ट्र बैंकले युरो एकको खरिददर १३२.३७ पैसा र विक्रीदर १३३ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.७३ पैसा तोकेको छ । भने विक्रीदर ८७.१५ पैसा रहेको छ ।जापानी येन १० को ९.२५ पैसा रहेको छ । विक्रीदर ९.२९ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८.६९ पैसा विक्रीदर १८.७८ पैसा रहेको छ ।