वीरेन्द्रनगरमा लागुऔषध सहित एक जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । आइतबार दिउँसो साढे ४ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका-१० नयाँ गाँउबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कालीकोट महावै गाँउपालिका-३ घर भई हाल वीरेन्द्रनगर-९ लाटिकोइलीमा कोठा भाँडामा बस्दै आएका २४ वर्षीया दिपेन्द्र सिंह रहेका छन् । उनलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, लागुऔषध ब्युरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

सादा पोशाकमा खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । सिंहलाई शंकास्पद रूपमा बसिरहेको अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट प्लाष्टिकसहित चार सय १० मिलीग्राम लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।