असोजदेखि जाजरकोटको कुशे गाउँपालिकाले मदिरामा प्रतिबन्ध लगाउने

सुर्खेत ।आगामी असोज १ गतेदेखि जाजरकोटको कुशे गाउँपालिकाले मदिरामा प्रतिबन्ध लगाउने भएको छ। गाउँपालिका कार्यपालिकाको बैठकले असोज १ गतेदेखि मदिरा निषेधित क्षेत्र घोषणा गर्न लागेको जानकारी दिएको हो। साउन १ देखि लागू हुनेगरी घरेलु तथा बाहिरबाट मदिरा आयातमा प्रतिबन्ध लागिसकेको छ।

असोज १ देखि सबै खालका मदिरा ल्याउन र उत्पादन गर्न प्रतिबन्ध लगाएको प्रमुख प्रशासकीय अधिकृत लालभक्त शाहीले बताएका छन् । मदिरा सेवनबाट आपराधिक घटना बढिरहेको भन्दै यस्तो निर्णय लिनु परेको गाउँपालिकाले जनाएको छ। यता व्यापारले भने मदिरा निषेध गर्ने कुशे गाउँपालिकाको निर्णयप्रति अचम्ममा परेको बताएका छन्।