कांग्रेसले बीपीको सिद्धान्त छाडेको छैन –रामचन्द्र पौडेल

काठमाडौं । बीपीको सिद्धान्त कांग्रेसले नछाडेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको चालिसौँ स्मृति दिवसका अवसरमा तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङस्थित बुद्धसिं पार्कमा आज आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस सधैँ बीपीको पथमा हिँडिरहेको बताएका हुन ।

वरिष्ठ नेता पौडेलले बीपीले भनेका विषयलाई समय सापेक्ष परिवर्तन गरिए पनि विपीको आदर्श र सिद्धान्तलाई छाड्न नसकिने उल्लेख गरेका छन् । वपाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने वरिष्ठ नेता पौडेलको भनाई छ । उनले गठबन्धनका विषयमा कुनै विवाद नरहेको भन्दै वरिष्ठ नेता पौडेलले लोकतन्त्र बचाउन र संविधान रक्षाका लागि पनि गठबन्धन आवश्यक रहेको धारणा राखेका छन् । ।