व्यवसायिक सिप प्रदान गर्दे डार्डो नेपाल मुगु

  ।   ७ श्रावण २०७९, शनिबार १६:५९

सुर्खेत । मुगुका अपांगता भएका व्यक्तिहरूले पछिल्लो सयम जीविकोपार्जन र आत्मनिर्भर बन्नका लागि विभिन्न तालिम, सिप प्राप्त गरिरहेका छन् । यही क्रममा गैरसरकारी संस्था अपांग पुनर्सथापना तथा ग्रामीण विकास संस्था (डार्डो) नेपाल मुगुले पनि जिल्लाका अपांगता भएका व्यक्तिहरूलाई सिपमुलक तालिम दिएको छ ।

आईएनएफ मुगुको आर्थिक सहयोगमा र उक्त संस्थाको सहजीकरणमा अपांगता भएकाहरूलाई आत्मनिर्भर र जीविकोपार्जन गर्ने उद्देश्यले व्यवसायिक तरकारी खेती र सीपमुलक कार्यक्रम सिलाई कटाई तालिम प्रदान गरेको हो ।

तालिमले यहाँ आर्थिक संकटमा रहेका अपांगता भएका व्यक्तिहरूलाई आयस्रोत बढाउने आसा गरिएको छ । पछिल्लो समय कर्णालीका केही अपांगता भएका व्यक्ति व्यवसायिक सिप सिकेर आत्मनिर्भर बनेका छन् ।

दुर्गम भेग र अपांगता भएका व्यक्तिहरूको पिडालाई केही कम गर्न सकियोस भनेर आईएनएफ मुगु र डार्डो नेपालले शीपमुलक कार्यक्रम थालनी गरिएको आईएनएफ मुगुका अप्रिता कार्कीले बताइन् । उनका अनुसार सिलाई कटाई तालिममा अपांगता भएका पाँच जना महिला थिए भने १६ जनाले तरकारी खेतीसम्बन्धी तालिम लिएका छन् ।

Next Post

मंकीपक्स, विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा

७ श्रावण २०७९, शनिबार १६:५९
सुर्खेत । मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संसारभरका ७५ देशमाफैलिएपछि डब्लूएचओले मंकीपक्सलाई विश्व स्वास्थ्य आपत्काल घोषणा गरेको हो । संक्रमणका घटना बढेपछि डब्लूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि सबैभन्दा उच्च तहको चेतावनी जारी गरिएको हो । विश्व स्वास्थ्य संगठन महानिर्देशक डा टेड्रोस अधानोम […]

सम्बन्धित शीर्षक