सुर्खेतमा एमालेका महासचिव पोखरेल, सत्ता गठबन्धन पूर्ण रुपले असफल भएको टिप्पणी

सुर्खेत । सत्ता गठबन्धन पूर्ण रुपले असफल भएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् । कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका पोखरेलले आज विहान पत्रकार सम्मेलनमा स्वार्थका लागि सत्ताको प्रयोग गर्ने प्रवृत्ति बढेको दाबी गरे ।

नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुलुकको आर्थिक अवस्था नाजुक बनेको पोखरेलले बताए । उनले विकास निर्माणका कामहरु ठप्प रहेको र कडाउनको समयमा भन्दा पनि कम विकास खर्च कम भएको बताए । मुलुकको परराष्ट्र नीति पूर्णत असफल भएको महासचिव पोखरेलको भनाई छ ।

महासचिव पोखरेलले सरकारले उत्पादन मुलुक उद्योगहरुलाई धरापमा पारेर आयातलाई बढावा दिएको आरोप लगाएका छन् । राष्ट्र निर्माणमा गठबन्धन भन्दा पनि बलियो संगठन आवश्यक रहेको र त्यो एमालेसँग मात्र रहेको महासचिव पोखरेलले उल्लेख गरेका छन् ।