बाँकेको कोहलपुरमा एक दम्पती मृत फेला

  ।   १० श्रावण २०७९, मंगलवार ०८:१५

बाँके । बाँकेमा एक दम्पती मृत फेला परेका छन् । कोहलपुर नगरपालिका १४ पावर्तीपुरमा आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् । श्रीमानको शव घर बाहिर र श्रीमतीको शव घरभित्र फेला परेको प्रहरीले जनाएको छ ।

कृष्णको हातमा चोट देखिएको र मञ्जुको घाँटीमा डोरीको डोब रहेको तथा मुखबाट फिँज आएको देखिएको छ । उनीहरुको हत्या भएको आशंका गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

Next Post

स्रोत नखुलेको २३ लाख ८९ हजार नगदसहित एक जना भारतीय पक्राउ

१० श्रावण २०७९, मंगलवार ०८:१५
धनुषा। धनुषामा स्रोत नखुलेको २३ लाख ८९ हजार ४८० रुपियाँ नगदसहित एक जना भारतीय नागरिकलाई प्रहिले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार साँझ भारतको बिहार राज्यको मधुबनी जिल्ला ग्राम पञ्चायत हरलाखी हरिने–९ घरका भएका १९ वर्षीय अब्दुल समीलाई स्रोत नखुलेको उक्त नगद रकमसहित पक्राउ गरेको हो । […]