स्रोत नखुलेको २३ लाख ८९ हजार नगदसहित एक जना भारतीय पक्राउ

धनुषा। धनुषामा स्रोत नखुलेको २३ लाख ८९ हजार ४८० रुपियाँ नगदसहित एक जना भारतीय नागरिकलाई प्रहिले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार साँझ भारतको बिहार राज्यको मधुबनी जिल्ला ग्राम पञ्चायत हरलाखी हरिने–९ घरका भएका १९ वर्षीय अब्दुल समीलाई स्रोत नखुलेको उक्त नगद रकमसहित पक्राउ गरेको हो ।

प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१२, कुर्थास्थित महादेव मन्दिर नजिकैबाट समीलाई पक्राउ गरिएको हो । बिआर ३२ एजे ०१७० नम्बरको भारतीय मोटरसाइकलमा सवार भई लोहनाबाट जनकपुरतर्फ आउँदै गरेको अवस्थामा समीको शरीर खानतलासी गर्दा स्रोत नखुलेको २३ लाख ८९ हजार ४८० नेपाली रुपियाँ बरामद गरेको प्रहरीले जनाएको छ ।