मुगुको मुगुम कार्मारोङमा नि:शुल्क स्वास्थ्य परामर्श सेवा सञ्चालन

मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा स्वास्थ्य सचेतना , रोकथाम तथा उपचारका लागि निशुल्क स्वास्थ्य परामर्श तथा घुम्ती सेवा सञ्चालन गरिएको छ। दुर्गम जिल्ला । मुगुको मुगुम कार्मारोङमा १७ वटा गाउँ वस्ति रहेका छन् । उक्त पालिकामा स्ववास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक बलिबहादुर बुढाले आफ्नो खर्चमा आफू कार्यरत गाउँपालिकाका सबै वडाका बस्तीहरूमा सेव संचालन गराइरहेका छन्।उनले सेवाशुल्क सुविधा नलिने गरि पालिका भित्र सामुदायिक स्वास्थ्य प्रवर्द्धनका लागि हरेक महिनाको दुई शनिबार दुई गाउँमा निशुल्क स्वास्थ्य परामर्श तथा घुम्ती सेवा सञ्चालन गर्ने अभियान अनुसार विभिन्न सेवा सुरु गरेका हुन्।

निरीक्षक बुढाले वडा न ९ पापु गाउँमा १२ जना को दाँत निकाल्ने र अन्य उपचार स्वास्थ्य परामर्श, दाउरा गाउमा ११ जनाको दाँत निकाल्ने सेवा र अन्य ४० जनाको गरेको बताए। सामान्य दाँतको सेवा लिनका लागि पनि दुई दिनसम्म पैदल हिँडेर सदरमुकाम गमगढी पुग्नु पर्ने बाध्यता भएपछि उनले सचेतना तथा उपचार सेवा सुरु गरेका हुन्।गाउँपालिकामा एउटा सामुदायिक अस्पताल र १२ वटा स्वास्थ्य संस्था छन्। सामुदायिक अस्पतालमा दन्त सेवा भएपनि जनशक्ति नहुँदा नागरिक मर्कामा परेका छन्।