टिकटक बनाउने क्रममा चिप्लिदा कुपिण्डे तालमा एक जना बेपत्ता

सुर्खेत । टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले दाङको तुलसीपुर उपमहानगरपालिका-६ का अन्दाजी ३७ वर्षीय बेदबहादुर बस्नेत बेपत्ता भएको जानकारी दिए ।

उनका अनुसार बेपत्ता भएका बस्नेतको घर कपुरकोट गाउँपालिकाको सिनवाङ भएको बताए । ‘मंगलबार दिउँसो उनी साथीहरुसँग तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेका थिए । बस्नेतकाे अहिलेसम्म कुनै अत्तोपत्तो नलागेको खड्काले जनाए ।

उनका अनुसार प्रहरीले खोजी कार्य जारी राखेपनि गोताखोरको टोली नभएकाले तालभित्र खोज्न समस्या भइरहेको छ ।