दैलेखको चामुन्डामा खोलाले बगाएर एक जनाको मृत्यु

दैलेख। दैलेखको चामुन्डा बिन्द्रासैनी नगरपालिका–३ मटेला बस्ने ३० वर्षीय कृत बहादुर शाहीको खोलाले बगाइ मंगलबार दिउँसो मृत्यु भएको छ । प्रहरी चौकी ठाटिकाधँ, प्रहरी चौकी पाल्तडा र प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बिन्द्रासैनी नगरपालिका–८ स्थित खोलाको छेउमा उनको शव फेला पारेको हो ।

त्यस्तै बर्दियाको बारबर्दिया नगरपालिका–८ भगतपुर बस्ने ११ वर्षीय गणेश कामीको सोही ठाउँस्थित कुलोमा डुबेर मंगलबार मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बनियाभार र प्रहरी चौकी कर्तनियाघाटबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।